ट्रेण्डिङ

होमपेज / समाज

अभिनेता पल शाहले बलात्कार मुद्दामा पाए सफाइ

नेपालगाथा २०७९ माघ ३ गते मंगलबार १८:४३:०३ मा प्रकाशित

काठमाडौं । अभिनेता पल शाहले बलात्कार मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत तनहुँले शाहलाई सफाइ दिएको हो ।

मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिए । तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि उनी जेल मुक्त भने हुने छैनन् । नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top