ट्रेण्डिङ

होमपेज / समाज

मन्त्रिपरिषद् विस्तार सहमतिकाे टुंगो लगाउन संयन्त्रको बैठक बस्दै

नेपालगाथा २०७९ माघ २ गते सोमबार १६:३०:४३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको बार्तामा मन्त्रिपरिषदलाई पूर्णता दिने बिषयमा सहमति जुटेको छ ।

ओली निवास बालकोटमा भएको दुई नेताबीचको छलफलमा सहमति जुटेलगत्तै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिने भएको हो । सोही कामका लागि आज साँझ ५ बजे संयन्त्रको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले मन्त्रालय भागबण्डालाई अन्तिम रुप दिने भएको छ । त्यसलगत्तै सत्तारुढ दलहरूले नयाँ मन्त्रीको टुंगो लगाउने सहमति छ ।

आज बिहान करिब ५ घण्टा प्रधानमन्त्री दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री दाहालले बालकोटबाट बाहिरिने क्रममा आजै मन्त्रिपरिषद बिस्तारको कुरा टुंगिने बताउनु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top