होमपेज / समाज
काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ।
सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ ।
यसअघि गएको जेठ १५ गते बेपत्ता भएको तारा एयरको जहाज जेठ १६ गते मुस्ताङको थासाङ गाउँपालिका- २ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । उक्त दुर्घटनामा तीन सदस्यीय चालक दलसहित २२ जनाको निधन भएको थियो । आइतबार नै मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको जाँचबुझका लागि आयोग बनाएको छ।
काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए।