होमपेज / समाज
काठमाडौं । आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा हालसम्म ६४ जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अजय केसीका अनुसार अहिलेसम्म ३० जनाको शव अस्पताल पुर्याइएको छ । सेतीको खोँचमा भएको दुर्घटनाको कारण उद्धार कार्यमा केही कठिनाइ भएको केसीले बताए । उद्धार गरिएकामध्ये हालसम्म कोही पनि जीवित भेटिएका छैनन् । खोँचमा भेटिएका शवहरु अहिले निकाल्ने प्रयास जारी छ । तीन सय मिटरभन्दा गहिरो खोंच रहेका शव निकाल्न कठिन रहेको छ ।
काठमाडौंबाट ६८ यात्रु र चालक दलका सदस्यसहित ७२ जना बोकेर पोखरा उडेको विमान आइतबार बिहान पोखरास्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएका थियो ।