ट्रेण्डिङ

होमपेज / समाज

आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न सरकारकाे निर्देशन

नेपालगाथा २०७९ माघ १ गते आइतबार १५:१८:३१ मा प्रकाशित

काठमाडौं । सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।

पोखरामा आज बिहान भएको यती एयरको एटीआर विमान दुर्घटनापछि बालुवाटारमा बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले उक्त निर्देशन दिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन तथा जाँच आयोगसमेत गठन गरेको छ ।

 काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज दुर्घटनाको कारण खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top