होमपेज / समाज
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यती एयरलाइन्सको विमान दुर्घटना भएको क्षेत्र पोखरा जाने कार्यक्रम स्थगित भएको छ ।
विमान दुर्घटनास्थलको अवलोकनका लागि प्रचण्ड र गृहमन्त्री रवि लामिछाने पोखरा जाने तयारी गरेका थिए । गृहमन्त्री लामिछानेले प्रधानमन्त्री जाँदा भिड नियन्त्रण गर्न झन् कठिन हुन सक्ने आँकलन गरी कार्यक्रम स्थगित गरिएको बताए ।
‘प्रधानमन्त्री, मन्त्रीहरु गइसकेपछि भीडभाड होला, असहज होला र नियन्त्रण गर्न गाह्रो होला भनेर नजाने निर्णय गरेका छौं,’ उपप्रधानमन्त्री लामिछानेले भने ।