ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाँदै

नेपालगाथा २०७९ माघ १ गते आइतबार १४:५६:१८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने भएका छन् ।

उपप्रधान र गृहमन्त्री सहित उनी पोखरा जान लागेको उनको सचिवालयले जानकारी दिएको छ । दुर्घटनाबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड आफैं पोखरा जान लागेका हुन् । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एनएएनसी एटीआर विमान आइतबार पोखरा विमानस्थलनजिक दुर्घटना भएपछि स्थलगत निरिक्षण गर्न उनी पोखरा जान लागेका हुन् ।

प्रधानमन्त्रीसँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र अर्का उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ पनि पोखरा जानेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top