होमपेज / समाज
काठमाडौं । पोखरा विमान दुर्घटनामा २९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति जारी गर्दै १० महिला, १८ पुरुष र १ जना शिशुको मृत्यु भएको पुष्टि गरेको हो । काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको विमान आइतबार १० बजेर ५५ मिनेटमा पोखरामा दुर्घटनामा परेको हाे। प्राधिकरणले १० महिला, १८ पुरुष र एक शिशुको मृत्यु भएको पुष्टि भएको जनाएको छ ।