होमपेज / समाज
सुर्खेत । श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतले मानव सेवा आश्रम सुर्खेत शाखालाई भोजन सेवा गरेको छ ।
संस्थाले आफ्नो ११औं वार्षिक साधारणसभामा सञ्चालक समिति र लेखासुपरिवेक्षण समिति सर्वसहमतिबाट नेतृत्व चयनपछि पहिलो कार्यक्रम अन्तर्गत मानव सेवा आश्रम सुर्खेतलाई भोजन सेवा गरेको संस्थाका अध्यक्ष प्रेमकुमार बिसीले बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष बिसीले समाजमा विभिन्न कारणले दुःख पाइरहेका दिन दुःखीलाई हेरचाह गर्ने उद्देश्यले स्थापना गरिएको आश्रमलाई सामाजिक काममा सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मानव सेवा आश्रमका सल्लाहकार टीकाराम चपाईले श्री गणेशजल सहकारीको नयाँ नेतृत्व चयन भएपछि पहिलो निर्णय गर्दै समाजमा विभिन्न कारणले दुःख पाइरहेका दिन दुःखीलाई भोजन गराएर सामाजिक उत्तरदायित्व बहन गरेकाले संस्थाको प्रशंसा गदै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा संचालक समिति र लेखा सुपरिवेक्षण समितिका सबवै पदाधिकारीको उपस्थिति रहेको थियो ।