ट्रेण्डिङ

होमपेज / समाज

आर्थिक समृद्धिका लागि औद्योगिक व्यापार तथा कृषि प्रदर्शनी महोत्सव

नेपालगाथा २०७९ पौष २७ गते बुधबार ०७:०१:३६ मा प्रकाशित

सुर्खेत ।आर्थिक समृद्धिका लागि 'कर्णालीका उद्योग खोलौँ, औद्योगिकरणमा जुटौँ' भन्ने मुलनाराका साथ वीरेन्द्रनगरमा राष्ट्रियऔद्योगिक व्यापार तथा कृषि प्रदर्शनी महोत्सव संचालन हुने भएको छ । आगामी माघ १३ गते देखि २१ गतेसम्म वीरेन्द्रनगरमा सञ्चालन हुने महोत्सवमा नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतको आयोजनामा हुनेछ ।

कोभिडको प्रभावले थला परेका लघु उद्यमीहरुलाई जोगाउने, कर्णालीको कला संस्कृतिको प्रवर्द्धन गर्ने, लघु घरेलु साना तथा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरूको बजारीकरणमा सहयोग गर्ने, कर्णालीका औद्योगिक बस्तुहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारीकरणको खोजि गर्ने, उत्कृष्ठ उद्यमी पुरस्कारको व्यवस्था गर्ने, सरोकारवाला तथा उद्यमीहरुविच उद्योग पर्वद्धनका लागि सहयोग गर्ने उदेश्य सहित महाेत्सव शुरु गर्न लागिएकाे नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णालीका अध्यक्ष चन्द्र बहादुर बुढाक्षेत्रीले जानकारी दिए । उनका अनुसार उक्त महोत्सवमा करिब सय स्टल रहने र अनुमानित ३ देखि ४ करोड बढीको कारोबार हुने प्रक्षेपण गरिएको छ ।

प्रकाश काफ्ले, प्रशिक्षार्थी पत्रकार

प्रतिक्रिया

सम्बन्धित खवर

Top