ट्रेण्डिङ

होमपेज / समाज

सोचेजस्तो काम गर्न सकिएन - मुख्यमन्त्री शाही

नेपालगाथा २०७९ पौष २७ गते बुधबार ०६:५२:४७ मा प्रकाशित

सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विभिन्न कारणले सोचेजस्तो काम गर्न नसकेको बताएका छन् ।आफ्नो कार्यकालमा हासिल भएका उपलब्धिहरू सार्वजनिक गर्दै मुख्यमन्त्री कार्यालयमा मंगलवार पत्रकार सम्मेलन उनले स्थानीय र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आचारसंहिताका कारण र छाेटो समय भएका कारण केही महत्त्वपूर्ण कामको शुरूआत गरेको भए पनि अपेक्षा गरे अनुसार काम गर्न नसकिएकाे बताए । 

शाही २०७८ कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । ‘संयोगवश मुख्यमन्त्री हुने वित्तिकै स्थानीय तहको निर्वाचन शुरू भयो, पछि प्रदेश र प्रतिनिधिसभा निर्वाचन भयो, १२० दिनजति त निर्वाचन आचारसंहिताले काम गर्न दिएन ।  मुख्यमन्त्री शाहीले स्थानीय तह र प्रदेशबीच सम्बन्ध बढाउनुका साथै प्रतिपक्षी दलसँग सम्बन्ध सुधार गरी संसद सञ्चालन गरेको, स्वास्थ्य र शिक्षा क्षेत्र सुधारमा केन्द्रित हुनुका साथै प्रदेशको विकास र समृद्धिको आधारको रूपमा ६ ‘ब’ वन, बाटो, बजार, बिजुली, विचार र व्यवस्थापनलाई प्रदेश सरकारको प्राथमिकतामा पारेको बताए । 

मुख्यमन्त्री शाहीका अनुसार प्रदेश सरकारको प्रभावकारी काम कारबाहीका लागि निजामती सेवा सम्बन्धी विधेयक लगायत १२ वटा विधेयक तर्जुमा गरी प्रदेश सभामा प्रस्तुत गरिएका छन् । विशेष कार्यक्रमको नाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विषयगत मन्त्रालयमा एकमुष्ट रकम विनियोजन गर्ने परिपाटीलाई चालू आर्थिक वर्षमा अन्त्य गरी त्यस्ता कार्यक्रमहरू विषयगत मन्त्रालय तथा सम्बन्धित स्थानीय तहमा पठाइएको छ ।

मनाेज बाेहाेरा, प्रशिक्षार्थी पत्रकार

प्रतिक्रिया

सम्बन्धित खवर

Top