होमपेज / समाज
सुर्खेत । भ्रष्टाचार विरुद्ध प्रथम कर्णाली प्रदेश स्तरीय युवा सम्मेलनको जानकारी दिने उदेश्यले सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरिएको छ । बास कर्णाली प्रदेश समितिको आयोजनामा भएको पत्रकार सम्मेलनमा पौष २५ गते हुने प्रदेश सम्मेलनको जानकारी गराइएकाे हाे। आयाेजकका अनुसार सम्मेलनको प्रमुख अतिथिको रुपमा कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री जीवनबहादुर शाही र विशिष्ट अतिथिको रुपमा नेपाल सरकारका पुर्व सचिव तथा राष्टिय सुचना आयोगका पुर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाको उपस्थिति रहनेछ ।

सम्मेलनलाई सफल पार्न कर्णाली प्रदेशका १० वटै जिल्लाबाट ५०० भन्दा बढी युवाहरु सहभागी हुने आयाेजकले जनाएकाे छ। कर्णाली प्रदेश सरकार, स्थानीय तह, गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको सहकार्यमा सम्मेलन हुन लागेको सम्मेलनमा सबैको सहभागिताको अपेक्षा गरिएको छ। सम्मेलनले भ्रष्टाचार विरुद्ध कर्णाली प्रदेश घोषणा पत्र २०७९ जारी गर्ने जनाएको छ ।
पत्रकार भेटघाटमा बासका निर्देशक हेमराज भट्टले बासले देश ब्यापी रुपमा गरिरहेको काम, युवा अभियान र कर्णाली प्रदेश सम्मेलनको उदेश्यका विषयमा प्रकाश पारेका थिए । बास सुर्खेत शाखाका निर्वतमान अध्यक्ष जगत जनाला बिकले सहजीकरण गरेको पत्रकार सम्मेलनमाको अध्यक्षता बास कर्णाली प्रदेश संयोजक धिरेन्द्र कुमार शाहीले गरेका थिए ।