ट्रेण्डिङ

होमपेज / समाज

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँले घट्याे

नेपालगाथा २०७९ पौष २४ गते आइतबार २०:५३:१३ मा प्रकाशित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आज (आइतबार) राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको निगमले जनाएकाे छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हाे ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ ।

निगमले हवाई इन्धनको मूल्य भने उच्च दरले घटाएको छ । वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाएको छ भने आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top