ट्रेण्डिङ

होमपेज / समाज

राहदानी वितरणमा देखिएको समस्या समाधान भएको हाे?

नेपालगाथा २०७९ पौष २४ गते आइतबार १९:४२:१३ मा प्रकाशित

काठमाडौं । राहदानी विभागले सर्भरमा आएको समस्या समाधान भएकाले पासपोर्ट वितरणको सेवा सुचारू भएको जनाएको छ।

विभागले आज सूचना निकालेर राहदानीको आवेदन दिएकाहरुले राहदानी तयार रहेको म्यासेज मोबाइलमा आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपछि राहदानी लिनका लागि सम्पर्क गर्न भनेको छ । पुस १७ गतेदेखि विभागको सर्भरमा समस्या आएको भन्दै पासपोर्ट वितरण रोकिएको थियो।

विभागकी प्रवक्ता दुरपदा सापकोटाले गत पुस १७ गतेबाट आएको समस्यालाई समाधान गर्दै राहदानी वितरणको काम पुनः शुरु भएको जनाकरी दिए । प्रधानमन्त्री प्रचण्डले सरकारकार सचिव तथा विभागीय प्रमुखहरुलाई निर्देशन दिँदै एक महिना भित्र सेवाग्राहीले लाइनमा बस्नु पर्ने र झन्झट व्यहोर्नु पर्ने समस्या सधैंका लागि अन्त्य गर्ने निर्देशन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top