होमपेज / समाज
सप्तरी । सिरहाको मिर्चैया यति बेला तनावग्रत बनेको छ ।
मिर्चैया नगरपालिका-६ मा रहेको सगरमाथा स्कुलकी एक शिक्षिकाले पानीको सट्टा स्प्रिट दिएपछि त्यसको सेबनबाट छात्रा सिर्जना महराको मृत्यु भएको हो ।
आन्दोलनमा उत्रिएका विद्यार्थी र स्थानीयले प्रहरीको टोलीमाथि नै ढुंगामुढा गर्न थालेपछि प्रहरीले हवाइफायर गरेको छ । उनीहरूले ती शिक्षिकालाई कारबाहीको मागसहित सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।