ट्रेण्डिङ

होमपेज / समाज

कपिलवस्तका ३३ क्रसर उद्योग बन्द

नेपालगाथा २०७९ पौष २४ गते आइतबार १४:५२:५७ मा प्रकाशित

काठमाडौं ।  जिल्लमामा अवैधरुपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ ।

गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । जिल्लामा ३३ मध्ये १५ वटा यस्ता उद्योग बन्द गराइएका छन् भने बाँकी १८ वटा पहिलेदेखि नै बन्द अवस्थमा थिए। मन्त्रालयको परिपत्र प्राप्त गरेपछि गत पुस २१ गते जिल्लाका १५ क्रसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो ।

ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरित कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन्। यस्तै तोकिएको अवधि सकिएर पनि नविकरण नगराएका कपितय कतिपय उद्योग पनि सञ्चालनमा छन् । त्यस्ता उद्योगलाई प्रहरीले स्थलगत अनुगमन र निरीक्षणपछि बन्द गराएको उहाँले जानकारी दिनुभयो ।

शिवराज नगरपालिकामा रहेको ११ वटा, विजयनगर गाउँपालिकामा रहेको दुई वटा र बुद्धभूमि नगरपालिका तथा कृष्णनगर नगरपालिकामा रहेको एक–एकवटा क्रसर उद्योग बन्द गराइएका हुन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top