होमपेज / समाज
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अमेरिकाबाट अवैध करोडौँ रकम भित्र्याउन खोज्ने पृथ्वी शाहलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले शाहसहित ६ जनालाई पक्राउ गरेको एआईजी उत्तमराज सुवेदीले बताए । शाहलाई आजै सीआईबीको टोलीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ । पक्राउ पर्ने अन्यमा विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन् ।
अमेरिकाबाट शाहले नेपाल भित्र्याउन खोजेको ४० करोड रुपैयाँ शंकास्पद भएको भन्दै फिर्ता पठाउन अमेरिकी फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्कले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।