ट्रेण्डिङ

होमपेज / समाज

जुम्लामा भिरबाट लडेर एकको मृत्यु

नेपालगाथा २०७९ पौष २० गते बुधबार १४:२१:२४ मा प्रकाशित

काठमाडौं । यहाँ भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

तिला गाउँपालिका–६ घोडेगाउँ निवासी वर्ष २५ की रामपुरा रोकायाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।

मङ्गलबार दिउँसो घरबाट दाउरा सङ्कलन गर्न जङ्गल जाँदा भिरबाट लडेर घाइते भएको अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top