ट्रेण्डिङ

होमपेज / समाज

मध्यपश्चिम विश्वविद्यालयमा भलिबल प्रतियोगिता हुने

नेपालगाथा २०७९ पौष १९ गते मंगलबार ०६:२६:२४ मा प्रकाशित

प्रकाश काफ्ले, सुर्खेत । अनेरास्ववियू (क्रान्तिकारी) मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समितिले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। अनेरास्ववियू (क्रान्तिकारी) विश्वविद्यालय राष्ट्रिय समितिका सचिव दिपेन्द्र जंग शाहीले उक्त प्रतियोगिता पौष २०-२१ गते गर्न लागेको जानकारी गराए। शाहीले विद्यार्थीहरुले आफ्नो कला र प्रतिभा प्रस्फुटन गर्नलाई र विद्यार्थीहरुले एउटा माध्यम खोजिरहेका र त्यो माध्यम अनेरास्ववियू (क्रान्तिकारी) भएको समेत दाबी गरेका छन्।

विद्यार्थीहरुलाई शिक्षण शिकाई मात्र नभई रचनात्मक, सिर्जनशील र मनोरञ्जनात्मक कार्यक्रम आवश्यक पर्ने भएको भन्दै अनेरास्ववियू (क्रान्तिकारी) ले विद्यार्थीहरुको मनोभावनालाइ मध्यनजरमा राखेर विद्यार्थीको अतिरिक्त क्षमतालाई प्रस्तुत गर्ने मुख्य उदेश्यका साथ कार्यक्रमको आयोजना गरेको उनले बताए।

शाहीले मध्यपश्चिम विश्वविद्यालयमा उपयुक्त खेल मैदान नहुँदा उक्त प्रतियोगिता जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा गर्ने जानकारी गराएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top