ट्रेण्डिङ

होमपेज / समाज

बलात्कार आरोप लागेका सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा

नेपालगाथा २०७९ पौष १४ गते बिहीबार १५:१४:४० मा प्रकाशित

काठमाडौं ।  बलात्कार आरोप लागेका सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ। 

सन्दीपको निवेदनको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा तोकिएको थियो। तर बिहीबार हेर्न नभ्याइने हुँदै उक्त निवेदनमाथि सुनुवाइ हुन सकेन। उनीमाथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ। उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएपछि उनका वकिलहरूले उच्च अदालत पाटनमा पुनरावेदनको मुद्दा हालेका थिए। 

यसअघि सन्दीपका कानुन व्यवसायीले पीडित भनिएकी किशोरी बालिग रहेको दाबी गर्दै जन्मदर्ता लगायतका कागजात समेत पेसी गरेका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top