ट्रेण्डिङ

होमपेज / समाज

क्रिकेटर सन्दीपको मुद्दामाथि उच्च अदालतमा सुनुवाइ हुँदै

त्रिभुवन बिसी २०७९ पौष १४ गते बिहीबार १४:२८:०६ मा प्रकाशित

काठमाडौं ।  बलात्कार घटनामा जोडिएका क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध दिएको पुनरावलोकन निवेदनमाथि सुनुवाइ हुँदैछ। 

 लामिछानेको पुनरावेदनको मुद्दा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको छ। नाबालिक किशोरीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावलोकन निवेदन दिएका थिए।

पेसीमा आज नै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकिलको भनाइ छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top