होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले ग्र्याजुएट स्कुल अफ ल काे शैक्षिक तथा प्रशासनिक क्रियाकलाप संचालन गर्ने उदेश्यका साथ तीन विगाहा जमिन प्राप्त गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयमा सम्पन्न भएकाे हस्ताक्षर कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष ऋषि गिरी, नेपाल राष्ट्रिय आधारभूत विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पराक्रम सिंह ठकुरी र नौलो सुधार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष किशनबहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
उक्त सम्झौता पत्र अनुसार वीरेन्द्रनगर नगरपालिका, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, चाँदनी चौकी, सुर्खेत र नौलो सुधार सामुदायिक वन उपभोक्ता समितिले सम्झौता मितिकै दिनदेखि उक्त जग्गा र भौतिक संरचना मध्यपश्चिम विश्वविद्यालयलाई हस्तानान्तरण गर्ने सहमति भएको छ ।
कर्णाली प्रदेश सभाका सदस्य जानकी सिंह, मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेल, कर्णाली प्रदेश सरकारका पुर्व न्यायधिवक्ता विद्याभुषण मानन्धर, ग्र्याजुएट स्कुल अफ लका डाइरेक्टर उपेन्द्र बहादुर वि.क.लगायतका सम्बन्धित व्यक्तित्वहरुले साक्षी तथा उक्त स्थानमा ग्र्याजुएट स्कुल अफ ल स्थापनार्थ पूर्ण सहयोग गर्ने प्रतिवद्धता सहित सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।