ट्रेण्डिङ

होमपेज / समाज

नेपाल रेडक्रसद्वारा राहत वितरण

नेपालगाथा २०७९ पौष ८ गते शुक्रबार १५:५१:२७ मा प्रकाशित

काठमाडौं ।  वर्षाका कारण क्षतिग्रस्त हुम्लाका एक सय १३ घरधुरीलाई नेपाल रेडक्रस सोसाइटीले राहत वितरण गरेको छ ।

गत असोज तेस्रो साता आएको अविरल वर्षाका कारण क्षति पुगेका एक सय १३ घरधुरीलाई राहत प्रदान गरिएको हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका वरिष्ठ लेखा अधिकृत माया नान्यको टोलीले जिल्ला प्रशासन कार्यालय हुम्लाको रोहबरमा राहत वितरण गरेको हो । वर्षाका कारण सिमकोट गाउँपालिकाका ५६, अदानचुली गाउँपालिकाका २५, खार्पुनाथ गाउँपालिकाका २८ र चङ्खेली गाउँपालिकामा ४ घरधुरीमा क्षति पुगेको थियो ।

क्षतिग्रस्त घरधुरीलाई रु १० हजारका दरले राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाका सभापति गणेशबहादुर महतले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top