होमपेज / समाज
काठमाडौं । सर्वोच्च अदालतको बुधबारको आदेशपछि जेलमुक्त भएका कुख्यात अपराधी चार्ल्स शोभराज गुरुदेशमुख आजै फ्रान्स जाने भएका छन् ।
केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका उनलाई कैदमुक्त गरी अध्यागम विभाग बुझाइएकाे हाे । विभागबाटै उनलाई आजै उनको मुलुक फ्रान्स ‘डिपोर्ट’ गरिने बताइएको छ ।बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने शोभराज फ्रान्सेली नागरिक हुन्। उनका पिता भारतीय मूलका हुन् भने आमा भियतनामी मूलकी हुन्।