होमपेज / समाज
काठमाडौं । विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई डिल्लीबजार कारागार पठाउने तयारी गरिएको छ ।
अदालतले उनलाई १५ दिनभित्रै स्वदेश (फ्रान्स) फर्काउन आदेश दिएको थियो । सर्वाेच्चको आदेशपछि केन्द्रीय कारागारले आज शोभराजलाई अध्यागमन विभागमा बुझाएको थियो । थप कागजी प्रक्रियाका लागि उनलाई डिल्लीबजार कारागार पठाउन लागिएको अध्यागमन र सुरक्षा स्रोतले जनाएको छ । कागजी प्रक्रिया नमिलेसम्म उनी उनी डिल्लीबजार कारागारमा रहनेछन् ।
आफूलाई शोभराजकी श्रीमती बताउने निहिता विश्वासले शोभराजले फ्रान्स फर्किने चाहना राखेको पत्रकारहरूसँग बताएकी थिइन् ।