ट्रेण्डिङ

होमपेज / समाज

माधव नेपाललाई भेट्न देउवा र प्रचण्ड अस्पताल पुगे

नेपालगाथा २०७९ पौष ६ गते बुधबार १५:५९:०२ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक सँगसँगै अस्पताल पुगेका छन् ।

रुघाखोकी, ज्वरो र छातीमा संक्रमण भएपछि मंगलबार राति त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाललाई भेट्न बुधबार दिउँसो देउवा र प्रचण्ड पुगेका हुन् ।दुवैजनाले अध्यक्ष नेपालको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

सत्तारुढ दलभित्र शक्ति बाँडफाँटमा सहमति हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top