होमपेज / समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ।
वंशाणुगत जण्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए ।
उपचारमा जाँदा बिलरुबिनको मात्रा २७ थियो। उनका अनुसार आगामी मंगलबार नेता पुन नेपाल फर्कने सम्भावना छ। ‘डाक्टरहरुले अब तपाईं जान सक्नुहुन्छ भन्नुभएको छ’, घर्तीले भनिन्, ‘मंगलबारसम्म हामी नेपाल आउने सम्भावना छ।’