ट्रेण्डिङ

होमपेज / समाज

हेटौँडामा तरकारी बजार उद्घाटन

नेपालगाथा २०७९ मंसिर २६ गते सोमबार १४:११:१० मा प्रकाशित

काठमाडौं ।  मकवानपुरको हेटौँडामा तरकारी तथा फलफूल बेच्नका लागि निमार्ण गरिएको बजार भवनको आज उद्घाटन गरिएको छ ।

हेटौडा उपमहानगरपालिका वडा १ स्थित चौकीटोलमा निमार्ण भएको सो तरकारी बजार भवनको उपमहानगरपालिकाका नगरप्रमुख मीना लामा तथा उपप्रमुख राजेश बानीयाँले उद्घाटन गर्नुभयो । सो तरकारी बजारमा ३३ थोक र एक सय छ खुद्रा पसल कक्ष निर्माण गरिएको नेपाल फलफूल तथा तरकारी व्यवसायी सङ्घ हेटौडाले जनाएको छ । सङ्घ र उपमहानगरपालिकाको लगानीमा सो बजारको निमार्ण गरिएको सङ्घका सह–सचिव मजोज साहले जानकरी दिनुभयो ।

बसपार्कमा रहेका एक सय ६ व्यवसायीबाट रु दुई लाख ५० हजार तथा उपमहानगरपालिबाट रु ३३ लाख गरी कूल ३५ लाख ५० हजारको लागतमा सो बजार भवनको निमार्ण भएको सह–सचिव साहले भन्नुभयो । सो अवसरमा नगरप्रमुख लामाले हेटौडा उपमहानगरपालिकालाई व्यवस्थित वनाउन सवैको सहयोगको खाँचो रहेको वताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top