होमपेज / समाज
काठमाडौं । टर्कीले काठमाडौंमा राजदूतावास स्थापना गर्ने भएको छ ।
हाल भारतको राजधानी दिल्लीमा रहेको आफ्नो दूतावासबाट टर्कीले नेपालमा समेत काम गरिरहेको थियो ।परराष्ट्रमन्त्री डा। नारायण खड्का र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबीच शुक्रबार दिउँसो भएको टेलिफोन वार्तामा सो सहमति भएको हो ।
‘परराष्ट्रमन्त्री नारायण खड्का र समकक्षी काभुसोग्लुबीच टेलिफोन संवाद भयो । समकक्षीहरूबीच द्विपक्षीय हित र सम्बन्ध विस्तारका विषयमा कुराकानी भयो,’ परराष्ट्र मन्त्रालयले भनेको छ, ‘सोही क्रममा गणतन्त्र टर्कीले नेपालमा दूतावास खोल्ने सहमति समेत भएको छ ।’