ट्रेण्डिङ

होमपेज / समाज

संरक्षित वन्यजन्तु चितुवाको छाला जस्तो आखेटोपहार सहित पक्राउ

नेपालगाथा २०७९ मंसिर २३ गते शुक्रबार १५:२५:३८ मा प्रकाशित

काठमाडौं। टोखा नगरपालिका-८ ग्रीनल्याण्ड एरियाबाट संरक्षित वन्यजन्तु चितुवाको छाला जस्तो आखेटोपहार १ थान सहित उदयपुर ताप्ली गाउँपालिका-२ बस्ने ५० वर्षीय मदन बहादुर श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्युरो महाराजगंजबाट खटिएको
प्रहरीले उनलाई उक्त आखेटोपहार सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा
बुझाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top