ट्रेण्डिङ

होमपेज / समाज

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

नेपालगाथा २०७९ मंसिर २२ गते बिहीबार १९:०५:०१ मा प्रकाशित

काठमाडौं ।  काठमाडौं महानगरपालिका-१६ पकनाजोलस्थित सुरज तामाङले संचालन गरेको काठमाडौं भिल्ला एण्ड बारको पहिलो तलाको अपार्टमेन्टभित्र जुवातास खेलिरहेको अवस्थामा काभ्रे पाँचखाल नगरपालिका-८ घर भएकी २९ वर्षीया सोनु तामाङ समेत ९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ६ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top