ट्रेण्डिङ

होमपेज / समाज

श्रीमती हत्या गरेको अभियोगमा पक्राउ

नेपालगाथा २०७९ मंसिर २१ गते बुधबार १३:०४:०१ मा प्रकाशित

काठमाडौं ।  आफ्नै श्रीमती ३० वर्षीया मिना आले मगरलाई धारिलो हतियार हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा पञ्चपुरी नगरपालिका-३ तोक्मा बस्ने ३८ वर्षीय अम्मर बहादुर आले मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी वादविवादमा अम्मर बहादुरले हँसिया प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सालकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top