ट्रेण्डिङ

होमपेज / समाज

पाठेघर र हाइड्रोसिलका बिरामीलाई निःशुल्क उपचारका लागि सम्झौता

नेपालगाथा २०७९ मंसिर २१ गते बुधबार १२:५०:४२ मा प्रकाशित

काठमाडौं । सिरहाको कर्जन्हा नगरपालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच पाठेघर र हाइड्रोसिलका बिरामीलाई निःशुल्क उपचारका लागि सम्झौता भएकोे छ ।

सम्झौतापत्रमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा श्यामकुमार साह र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार उक्त अस्पतालले पाठेघर खसेको महिला र हाइड्रोसिल भएको पुरुषलाई निःशुल्क शल्यक्रिया, बेड चार्ज, बेहोसी चार्ज, पाठेघरको मुखको क्यान्सरको जाँच, औषधि, बिरामीलाई खानाको सुविधा र शल्यक्रिया पश्चात् बिरामीको घरसम्म एम्बुलेन्समार्फत पु¥याइने उल्लेख छ ।

यो सेवा नगरपालिकावासीको लागिमात्र भएको प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top