होमपेज / समाज
काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेको छ । तर उनीविरुद्ध जाहेरी भने दर्ता भएको छैन ।
पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो ।पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिइन् ।
पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध दिएको जाहेरी प्रहरीले लिन नमानेपछि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिएकी थिइन् ।