ट्रेण्डिङ

होमपेज / समाज

स्वास्थ्यमा १२औं तह बढुवाका लागि यी २१ जनाले बुझाए विवरण

नेपालगाथा २०७९ मंसिर २० गते मंगलबार १३:०५:४२ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२औं तहको अतिरिक्त स्वास्थ्य सचिवका लागि बढुवा प्रक्रिया अघि बढाएको छ । मन्त्रालयमा रिक्त अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह)मा बढुवाका लागि मन्त्रालयकै महत्त्वपूर्ण महाशाखाका प्रमुखदेखि अस्पतालका प्रमुख कन्सल्टेन्टसम्मको आवेदन परेको छ । दुई रिक्त पदका लागि २१ जनाको आवेदन परेको मन्त्रालयका एक अधिकारीले बताए ।

मन्त्रालयको बढुवा समितिले गत ३० कात्तिकमा सूचना जारी गर्दै अतिरिक्त स्वास्थ्य सचिवका लागि योग्यता पुगेका ईच्छुकले १५ दिन भित्र अतिरिक्त व्यक्तिगत विवरण बुझाउन भनेको थियो ।

मन्त्रालय स्रोत अनुसार प्रदेश अस्पताल भद्रपुरका डा टंक बराकोटी, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा सुधा देवकोटा, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा बासुदेव उपाध्यायले बढुवाका लागि व्यक्तिगत विवरण पठाएका छन् ।

यी हुन् विवरण बुझाउनेहरु
लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा कृष्णप्रसाद पौडेल, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्मा, प्रदेश अस्पताल भद्रपुरका डा टंक बराकोटी, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा सुधा देवकोटा, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले बढुवाका लागि व्यक्तिगत विवरण पठाएका छन् ।

यस्तै गण्डकी प्रदेश स्वास्थ्य तालीम केन्द्रका डा विनोदविन्दु शर्मा, बागमती स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, स्वास्थ्य विभाग नर्सिङ महाशाखा प्रमुख गोमा निरौला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा श्रीकृष्ण श्रेष्ठ, वीर अस्पतालका डा सरोज शर्मा, परोपकार प्रसूति अस्पतालका डा आमिरबाबु श्रेष्ठ, स्वास्थ्य मन्त्रालयमा रहेका नारायण ढकाल, डा सञ्जय ठाकुर, कान्ति बाल अस्पतालका डा अजित रायमाझी, स्वास्थ्य निर्देशनालय लुम्बिनीका डा विनोदकुमार गिरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा मनिषा रावलले पनि व्यक्तिगत विवरण बुझाएका छन्।

यसैगरी, राष्ट्रिय ट्रमा सेन्टरका डा रुद्र मरासिनी, भेरी अस्पतालका डा राजन पाण्डे, सोही अस्पतालकी प्रा दुर्गालक्ष्मी श्रेष्ठ, कर्णाली प्रदेश अस्पतालका डा केशरबहादुर ढकालले पनि बढुवाका लागि व्यक्तिगत विवरण पठाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top