ट्रेण्डिङ

होमपेज / समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नेपालगाथा २०७९ मंसिर १८ गते आइतबार १४:१५:४६ मा प्रकाशित

काठमाडौं ।  रूपन्देही, सैनामैना नगरपालिका-४ पुकारबाल्टीस्थित सडकमा लु.१ ज २९४४ नम्बरको विङगर गाडीले लु.२० प ११३५ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका सिसै डाँडा बस्ने ५५ वर्षीय राम प्रसाद गौतमको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-८ स्थित सडकमा बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको बा.४ ख ५३२४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री पनौती नगरपालिका-७ बस्ने ५८ वर्षीय बिश्वनाथ उलखको शनिबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको सिर मेमोरीयल अस्पताल हुँदै न्यूरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top