होमपेज / समाज
भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
आइतबार बिहान बास्कोटाको घर परिसरमा देखिएको शंकास्पद वस्तु बम भएको आशंकामा प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको थियो ।
सेनाले निष्क्रिय पारेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको प्रहरीले जनाएको छ ।