होमपेज / समाज
काठमडौं । राप्ती नदीमा डुबेर एक किशोरी र एक युवतीको मृत्यु भएको छ ।
राप्ती नदीमा डुबेर बाँकेका राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर (डाँडा टेपरी) बस्ने २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारुको मृत्यु भएको हो। जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रशाद घर्तीले शनिबार दिउँसो १२ बजे डुबेर बेपत्ता भएका उनीहरूको शब आइतबार बिहान फेला परेको जानकारी दिए ।