ट्रेण्डिङ

होमपेज / समाज

'महापुरूष'ले गर्‍यो १० करोडको व्यापार

नेपालगाथा २०७९ मंसिर १२ गते सोमबार १४:२०:२४ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो।

विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए । हलमा दर्शक घट्नु र ओटिटिमा बढ्नुले नेपालमा समेत यसको विकल्प खोजियो । तर, नेपालमा यसले सफलता पाउन सकेन । हलमै फिल्मको व्यापार राम्रो देखियो । प्रायः एकवर्षमा दशभन्दा कम फिल्मले हलबाटै मुनाफा कमाउने गरेको तथ्याङ्क छ । यद्यपि यसैवर्ष मङ्सिरसम्म कबड्डी ४, झिँगेदाउ, प्रेम गीत ३, के घर के डेरा, दुई नम्बरी र महापुरूषले हलबाटै मुनाफा कमाएका छन् । आइतबार फिल्म ‘महापुरूष’ युनिटले पत्रकार सम्मेलन गर्दै प्रदर्शनको चौथो साता पूरा गर्दा दश करोड बढी ग्रस कलेक्सन गरेको जानकारी दिएका छन् ।

“हामीले पहिलो साता पाएको शो सङ्ख्यामा खासै परिवर्तन आएको छैन । हामीले पाएको शोहरू मल्टिप्लेक्समा अझैँ भरिभराउ छन्”, निर्माता दीपेश खत्रीले भन्नुभयो, “फिल्म हेर्न परिवार नै आइरहनु भएको छ । यसैले फिल्मको व्यापार राम्रो भइरहेको छ ।” यसवर्ष कबड्डी ४ र प्रेम गीत ३ पछि १० करोड ग्रस गर्ने यो तेस्रो चलचित्र बनेको छ । नेपाली चलचित्रले हलमै यत्तिको व्यवसाय गर्नुलाई ‘ब्लकबस्टर’ मानिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top