ट्रेण्डिङ

होमपेज / समाज

लैंगिक हिंसा विरुद्दको हस्ताक्षर अभियान सुरु

नेपालगाथा २०७९ मंसिर ११ गते आइतबार २१:४३:१३ मा प्रकाशित

सुर्खेत । लैंगिक हिंसा विरुद्धको हस्ताक्षर अभियान सुरु भएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति एवं अभियानका संरक्षक प्रा.डा. नन्दबहादुर सिंहले केन्द्रीय कार्यालय परिसरमा रहेको हस्ताक्षर ब्यानरमा हस्ताक्षर गरी अभियानको शुरूवाछ गर्नु भएको हाे ।

कुनै पनि प्रकारको लैंगिक हिंसा हुन नदिन आफु प्रतिवद्द रहेको साथै समाजमा यस बारे जनचेतना फैलाउने र सबैलाई यस प्रति प्रतिवद्द पार्ने अभियानको प्रमुख उदेश्य रहेको अभियानको नारा ‘सभ्य समाजको पहिचानः लैंगिक हिंसा विरुद्दको हस्ताक्षर अभियान’ रहेको छ ।

मध्यपश्चिम विश्वविद्यालयको निर्णय अनुसार लैंगिक हिंसा सम्बन्धी समस्या सुन्ने, आवश्यक सहयोग गर्ने तथा अध्ययन अनुसन्धान गर्नका लागि बनेकाे MU Activism Center Against Gender-Based Violence समितिद्वारा आयोजित कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार, कार्यकारी निर्देशक,  अभियानका संयोजक तथा सदस्य, प्राध्यापक, कर्मचारी लगायतले हस्ताक्षर गर्नु भएको थियो ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top