होमपेज / समाज
सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । थानीले ३४ हजार ६२५ मत प्राप्त गरी विजय भएका छन् । सुर्खेत निर्वाचन क्षेत्र २ मा कुल ७६ हजार ३५२ मत खसेको थियो ।
थानीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका अमृत बहादुर बुढाक्षेत्री पाँच हजार ६७ मतान्तरले पराजित भएका हुन् । बुढाक्षेत्रीले २९ हजार ५५८ मत प्राप्त गरेका हुन् ।
२०७४ को निर्वाचनमा पराजित भएका थानीले यसपटक फराकिलो अन्तरमा विजय भएका छन् । थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए ।