ट्रेण्डिङ

होमपेज / समाज

पेस्तोल र गोली लगायतका सामान सहित दुई जना पक्राउ

नेपालगाथा २०७९ मंसिर ६ गते मंगलबार १७:११:५६ मा प्रकाशित

काठमाडौं ।  मायादेवी गाउँपालिका-६ रजवापुर बस्ने ३४ वर्षीय जुल्फकार मुसलमान र उनकै भाई २२ वर्षीय नदिम मुसलमानलाई मेड इन युएएस लेखिएको पेस्तोल १ थान, सोको म्यागजिन १ थान, गोली ६ राउण्ड, नगद १ लाख ४६ हजार रुपैयाँ, ३ हजार ६ सय भारतीय रुपैयाँ, तौल गर्ने डिजिटल मेशिन १ थान, स्मार्टफोन १२ थान र ब्राउनसुगर जस्तो धुलो पदार्थ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनीहरूले आफ्नै घरको कोठाभित्र लुकाई राखेको उक्त हतियार लगायतका सामान सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

Top