ट्रेण्डिङ

होमपेज / समाज

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, हिमपातको सम्भावना

नेपालगाथा २०७९ मंसिर ३ गते शनिबार ०७:३७:३७ मा प्रकाशित

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश– १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top