ट्रेण्डिङ

होमपेज / समाज

गृहमन्त्री खाणविरुद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बहुविवाहको उजुरी

नेपालगाथा २०७९ मंसिर १ गते बिहीबार १७:१३:५४ मा प्रकाशित

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणविरुद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार खाणकाे उम्मेदवारी खारेजीकाे माग गर्दै बिहीबार उजुरी दर्ता भएको हो ।

यसअघि निर्वाचन आयोगमा दर्ता भएको र सम्बन्धित क्षेत्रमा आएर उजुरी दर्ता गरिएको अधिवक्ता तारा बरालले बताइन् । उनले भनिन्, ‘खाण बहुविवाहमा संलग्न रहेकाले प्रमाण पाइएकाले उजुरी दर्ता गरिएको हो, खाणले गृहमन्त्री चलाउँदै गर्दा बहुविवाह गर्ने हजारौं जेलमा सडाउने काम गर्नुभएको छ, देशकै गृहमन्त्रीले रुपन्देहीमा दिलमाया खाण, काठमाडौंमा मञ्जु खाण नाम दर्ता भएकाले उक्त कुराको पुष्टि हुन्छ ।’

खाणले रुपन्देही क्षेत्र–३ बाट प्रतिनिधिसभा उम्मेदवारी मनोनयनका क्रममा रुपन्देही मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेको विवरणमा दिलमाया खाण श्रीमती भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top