होमपेज / समाज
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, बुद्धनगरका नायब सुब्बा प्रमोद पाण्डेलाइ घुस रकमसहित पक्राउ गरेकाे छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार उनलाई घुस रकमसहित पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीबाट ३० हजार घुस मागेका थिए ।
उक्त रकम माग गरेको भन्ने उजुरीको आधारमा अख्तियारबाट खटिएको टोलीले उनलाई कार्यकक्षबाट पक्राउ गरेको हो।