होमपेज / समाज
काठमाडौं । अब देशभरिकै तापक्रम क्रमिक रुपमा घट्ने भएकाले चिसोबाट बच्नको लागि पूर्वतयारी गर्न मौसमविद्ले सुझाव दिएका छन् ।
विभागले एक विशेष बुलेटिन निकालेर देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावनासमेत देखिएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।
राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।