होमपेज / समाज
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी भएको छ ।
आज बिहान ५ बजे नविल बैंकको शाखामा आगलागी भएको हो । बैंकमा रहेको कागजपत्रहरु जलेर नष्ट भएको छ ।आगो एक घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।
आगो नियन्त्रणका लागि नेपालगंजबाट दमकल बोलाइएको थियो ।