ट्रेण्डिङ

होमपेज / समाज

विश्वको जनसंख्या ८ अर्ब ,२०२३ मा भारतको जनसंख्या सबैभन्दा धेरै हुने

नेपालगाथा २०७९ कार्तिक २९ गते मंगलबार १६:१८:१३ मा प्रकाशित

 काठमाडौं । मंगलबार अर्थात् आज विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । एक रिपोर्टमा जनाइए अनुसार विश्वको जनसंख्या ७ अर्बबाट ८ अर्ब पुग्न १२ वर्ष लागेको छ ।

संयुक्त राष्ट्रसंघको निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वको जनसंख्या ८ अर्ब पुगेको हो। सन् २०२३ भित्र चीनमा भन्दा भारतमा  सबैभन्दा धेरै जनसंख्या हुने प्रक्षेपण गरिएको छ।राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मातृ तथा बाल मुत्युदरमा कमी तथा औसत आयुमा वृद्धि भएको बताएका छन्।

रिपोर्टमा दाबी गरिएको छ कि सन् २०३० मा विश्वको जनसंख्या ८ अर्ब ५० करोड पुग्नेछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top