होमपेज / समाज
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्ततः परीक्षण चरणमा प्रवेश गरेको छ ।
नागरिक उड्डयन प्राधिकरणले थाइल्यान्डको एरोनटिकल रेडियो अफ थाइल्यान्ड लिमिटेडको विमानलाई मंसिर २ देखि १२ गतेसम्म उक्त विमानस्थलको क्यालिब्रेसन उडान अनुमति दिएको छ ।
यान्त्रिक परीक्षण उडानका लागि एरो थाई कम्पनीको जहाज नेपाल आइसकेको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।