ट्रेण्डिङ

होमपेज / समाज

डोटी भूकम्प : दुईजना घाइतेलाई हेलिकोप्टरबाट धनगढी लगियो

नेपालगाथा २०७९ कार्तिक २३ गते बुधबार १५:२०:२३ मा प्रकाशित

काठमाडौं । डोटीमा आएको भूकम्पले घर भत्काउँदा पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घाइते भएका दुईजनालाई धनगढी रेफर गरेको छ ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि पूर्वीचौकी–३ की ४० बर्षीया चना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको हो । डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन श्रेष्ठले चनाको छातीमा हावा जमेको, चारवटा करङ्ग भाँचिएको र घाँटीको हड्डी भाँचिएको छ । उनको छातीबाट हावा निकाली थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो । घाँटीका हड्डी भाँचिएकाले उनको सिटी स्क्यान गर्नुपर्ने अवस्था रहेको डा श्रेष्ठले बताउनुभयो । यस्तै बिष्नाको हात भाँचिएको छ ।

अन्य घाइतेहरुको उपचार जिल्ला अस्पताल डोटीमा भइरहेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top